+
+
Shares

अर्थमन्त्री र जापानका राजदूतबीच भेट, जापानी सहयोगका परियोजनाबारे छलफल

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर खनाल र जापानका राजदूत माएदा तोरुबीच नेपालको आर्थिक सामाजिक विकासमा जापानको सहयोग विषयमा भेटवार्ता भएको छ।
  • भेटमा खनालले वर्तमान सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने र पुनर्निर्माण तथा विकासका काम निरन्तरता दिने बताए।
  • बैठकमा नागढुंगा टनेल, तनहुँ जलविद्युत्, कोटेश्वर इन्टरसेक्सन सुधार र बीपी राजमार्ग पुनर्निर्माण परियोजनाबारे छलफल भएको छ।

१२ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच भेटवार्ता भएको छ ।

आइतबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनाल र जापानी राजदूत तोरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याइरहेको सहयोगका विषयमा छलफल भएको छ ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए । यो अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कामलाई निरन्तरता दिइने उनले बताए ।

उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजना लगायत सहयोगका क्षेत्रबारे छलफल भएको छ ।

निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर इन्टरसेक्सन सुधार परियोजना, बीपी राजमार्ग पुननिर्माण सहित परियोजनाबारे समेत छलफल भएको छ ।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा सहसचिव धनीराम शर्मा समेत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?