+
+
Shares

बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरको ओपनिङ कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबारदेखि रिलिज भएका नेपाली फिल्म बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा कम ओपनिङ कमाइ गरेका छन्।
  • बलिदानले २४४ शोजबाट ५७ लाख १९ हजार ३४० रुपैयाँ, हरिबहादुरको जुत्ताले १३४ शोजबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र माइतीघरले १४४ शोजबाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ कमाएको छ।
  • दशैंको बिदा आउँदो शनिबारसम्म रहँदा यी फिल्मको व्यवसायिक भविष्य 'वर्ड अफ माउथ'मा निर्भर रहनेछ र अझै राम्रो ब्यापारको सम्भावना छ।

काठमाडौं । सोमबारदेखि देशब्यापी प्रदर्शनमा आएका नेपाली फिल्मले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेका छन् ।

गतवर्षको दशैंमा भन्दा यसवर्षको फूलपाती कमाइमा गिरावट देखिएको छ । यद्यपी, कमाइको स्पष्ट चित्र भने दशैं बिदासम्म देखिनेछ ।

बलिदान, हरिबहादुरको जुत्ता र माइतीघर सोमबारदेखि रिलिजमा आएका थिए । रियल टाइम सिनेपाः बक्सअफिसमा यी तीन फिल्मको ओपनिङ कमाइको विवरण बाहिर आएको छ ।

‘बलिदान’ले २४४ शोजबाट ५७ लाख १९ हजार ३४० रुपैयाँ ग्रसको ओपनिङ गरेको छ ।

‘हरिबहादुरको जुत्ता’ले १३४ शोजबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ ग्रसको ओपनिङ गरेको छ ।

‘माइतीघर’ले सोमबार १४४ शोजबाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ ग्रस कमाइ गरेको बक्सअफिसमा उल्लेख छ ।

आउँदो शनिबारसम्म दशैंको बिदा भएकाले यी फिल्मसामु अझैपनि राम्रो ब्यापारको सम्भावना कायमै छ । यद्यपी, यी फिल्मको व्यवसायिक भविष्य बलियो ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?