
१७ असोज, काठमाडौं । दशैंको बेला बन्द रहेको मनकामना केबलकार असोज १८ गतेदेखि खुल्ने भएको छ ।
दशैंको नवमी, दशमी र एकादशीको तीन दिनसम्म मनकामना केबलकार बन्द भएको थियो ।
अब भोलि शनिबार द्वादशीको दिनदेखि केबलकार नियमित तालिका अनुसार नै सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
चितवनको कुरिनटारबाट केबलकार चढेर गोरखाको मनकामना मन्दिर पुग्न सकिन्छ ।
मनकामना मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा दशैंको बेला झन् बढी भिड लाग्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4