
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले जेनजी आन्दोलनका पीडित परिवारका नाममा गैरसरकारी संस्था र व्यक्तिले पैसा उठाउन थालेकोमा ध्यानाकर्षण भएको जनाएको छ।
- सरकारले राहत र पुनर्निर्माणका लागि आधिकारिक भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको र सोही कोषमार्फत मात्र सहयोग गर्न अनुरोध गरेको छ।
- मन्त्रालयले कोषमा जम्मा हुने रकम जेनजी र घाइते परिवारका प्रतिनिधिहरुको सहभागितामा पारदर्शी र जवाफदेही रूपमा उपयोग गरिने प्रतिबद्धता जाहेर गरेको छ।
१८ असोज, काठमाडौं । अर्थ मन्त्रालयले हालैको जेनजी आन्दोलनको क्रममा पीडित परिवारका नाममा गैरसरकारी संस्था र व्यक्तिले पैसा उठाउन थालेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई राहत र घाइतेको उपचारको लागि विभिन्न व्यक्ति तथा गैरसरकारी संस्थाले पैसा उठाइरहेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।
राहत, पुनर्निर्माण र आर्थिक पुनस्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको भन्दै सोही कोष मार्फत मात्रै सहयोग गर्न अनुरोध गरेको छ ।
समानान्तर र अपरादर्शी ढंगले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
स्वदेश तथा विदेशबाट संकलन भएको रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेशी ढंगले परिचालन गर्नका लागि आधिकारिक कोषको स्थापना गरिएको मन्त्रालयले प्रष्ट पारेको छ ।
उक्त कोषमा जम्मा हुने रकमबाट राहत र पुनर्निमार्णका सबै जेनजी सहित तथा घाइते परिवारका प्रतिनिधिहरु समेतको सहभागितामा समुचित उपयोग गरिने समेत मन्त्रालयले प्रतिबद्धता जाहेर गरेको छ ।
प्रतिक्रिया 4