
फाइल
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको रानीबारीस्थित म्हेपी खोलामा एक दम्पतीले झगडा पछि हाम फालेका छन्।
- श्रीमान श्याम बुढाथोकी उद्धार भएका छन् भने श्रीमती रितु रोका अझै बेपत्ता छिन्।
- उद्धारका क्रममा अमन टुन्चिङ मगरलाई पनि स्वास्थ्य समस्या देखिएको थियो र उपचारपछि डिस्चार्ज गरिएको छ।
१८ असोज, काठमाडौं । काठमाडौंको रानीबारीस्थित म्हेपी खोलामा एक दम्पती हाम फालेका छन् ।
शनिबार दिउँसो श्रीमान् श्रीमतीले नै खोलामा हाम फालेका हुन् । उक्त घटनामा श्रीमान श्याम बुढाथोकीको भने उद्धार भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, श्रीमती रितु रोका भने अझै बेपत्ता छिन् ।
श्रीमान–श्रीमतीबीच झगडा भएपछि दुवै जना खोलामा हाम फालेको एसपी भट्टराईले जानकारी दिए ।
उनीहरू खोलामा हाम फालेर अर्का एक जना बचाउन खोलामा गएका थिए । उनले श्रीमानको उद्धार गर्न सफल भए ।
उद्धारपछि बचाउन गएका अमन टुन्चिङ मगरको पनि स्वास्थ्यमा समस्या देखिएको थियो ।
उनीहरू दुवैको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4