+
+
Shares

ज्योतिषको गलत सूचनाले लाङटाङ ट्रेकिङमा गएको भन्ने कुरा छन् : कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १५:२६

१९ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले केही ज्योतिषका कारण लाङटाङमा मानवीय क्षति भएको हुनसक्ने बताएका छन् । भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले ज्योतिषले भनेको कुरामा विश्वास गर्दा मानवीय क्षति पुगेको हुनसक्ने बताएका हुन् ।

‘मैले सुनेको कुरा तपाईंहरूलाई भन्छु, केही ज्योतिषीहरूले यो हुँदैन, यो गलत हो भनेको कारणले पनि लाङटाङमा ट्रेकिङमा जानुभयो कि भन्ने कुराहरू छन् । हामीले त पटकपटक भन्या थियौं । सबैले जानकारी दिएका छौं,’ मन्त्री घिसिङले भने ।

लाङटाङमा ट्रेकिङमा गएका ४ जना वेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको मन्त्री घिसिङले बताए ।

सूचना दिँदादिदै पनि खोला किनारबाट हट्न नचाहेपछि जबरजस्ती हटाउनुपरेको समेत बताए । केही गलत सूचनाका कारण समेत मानिसहरू समस्यामा परेको उनको भनाइ थियो ।

‘हामीले सूचना दिँदाखेरी, भन्दाखेरी पनि खोलाको किनारबाट हट्न चाहिरहेका थिएनन् । उहाँहरू त्यही बस्न चाहनुभएको थियो । नबगेसम्म बस्ने अवस्था पनि देखियो,’ मन्त्री घिसिङले भने, ‘त्यसपछि बेलुका हामीले फोर्सफूल्ली इभ्याकेशन गर्नुपर्छ भनेर हामीले फोर्सफुल्ली इभ्याकेशन गर्‍यौं । त्यसले पनि धेरै नै क्षति हुनबाट रोकेको छ । किनभने मान्छेले भनेर र सुनेर मात्रै विश्वास गर्दैन । केही कुरा लापरवाहीले पनि भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?