
२२ असोज, जनकपुरधाम । धनुषाको बडहरी खोलामा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नं १ कार्तिककुमर बस्ने रामशोगारथ महतोका १४ वर्षीय छोरा अविनाश महतो छन् ।
आज दिउँसो ३ बजेतिर खोलामा साथीहरूसँग नुहाउन गएका उनी क्रसरले गिट्टी बालुवा झिकेको खाल्डोमा पसेका थिए । पसेका उनी एकछिन ननिस्केपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरीको गोताखोरको टोलीले खोजतलास गरी निकालेका छन् ।
बरहरी खोलामा स्थानीय सरकार, प्रहरी प्रशासनको मिलेमतोमा क्रसरवालाले गहिरो खाल्डो खनेर ग्राइभेल झिकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4