News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको पहिलो खेलमा कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ।
- नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको छ, जसमा कुशल भुर्तेलले ६६ रन बनाए।
- कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा २ विकेट लिए भने नवीन राजले ४० रन दिएर २ विकेट लिए।
२२ असोज, काठमाडौं । ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई मध्यम लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको हो । यो मैदानमा यस योगफल औसतभन्दा केही कम हो ।
भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको क्यामिओ पारी खेले । उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए ।
कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा नवीन राजले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले १-१ विकेट लिए ।
प्रतिक्रिया 4