
News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ।
- दशैंपछि सुनको भाउ लगातार बढेको छ र यो मूल्य अहिलेसम्मकै उच्च हो।
- चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेर पहिलो पटक ३ हजार २५ रुपैयाँ नाघेको छ।
२३ असोज, काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँले मूल्य बढेको हो ।
अघिल्लो दिन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । दशैंपछि सुनको भाउ लगातार बढेको छ । दशैंअघि २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी पहिलो पटक तोलामा ३ हजार रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७० रुपैयाँ बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4