+

स्कटल्यान्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने

२०८२ असोज  २५ गते १८:०१ २०८२ असोज २५ गते १८:०१
स्कटल्यान्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मन्सेले एनपीएल २०२५ मा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।
  • विराटनगरले मन्सेलाई शनिबार अनुबन्ध गरेको जनाएको छ।
  • मन्सेले ८१ टी-२०आई खेलमा २ शतक र १३ अर्धशतकसहित २३०२ रन बनाएका छन्।

२५ असोज, काठमाडौं । स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगरले शनिबार मन्सेलाई अनुबन्ध गरेको जनाएको हो ।

३२ वर्षीय मन्से बाँयाहाते ब्याटर हुन् । उनले स्कटल्यान्डका लागि ८१ टी-२०आई खेलमा २ शतक र १३ अर्धशतकसहित २३०२ रन बनाएका छन् । समग्र टी-२० मा १०२ खेल खेल्दा २६४८ रन बनाएका छन् ।

मन्सेले विभिन्न फ्रेन्चाइज लिगहरू पनि खेलेका छन् । उनले दुबई क्यापिटल्स, कराची किङ्स, चेन्नई ब्रेभ्स, ब्राम्पटन वुल्भ्स, सिल्हेट स्ट्राइकर्सलगायतको टोलीबाट खेलेका छन् ।

विराटनगरले गत सिजन न्युजिल्यान्डका मार्टिन गप्टिललाई टोलीमा समावेश गरेको थियो। यसपटक मन्से विराटनगरको पहिलो साइनिङ हो ।

एनपीएल २०२५ मंसिर १ देखि २७ सम्म हुँदैछ ।

जर्ज मन्से
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय