+
+
Shares

कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार आजको बैठक दिउँसो एक बजे बोलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक २४ असोजमा सानेपामा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी छ।
  • बैठकमा जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रममा धारणा राखिएको छ।
  • २६ असोजमा बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकका लागि समान धारणा विकास गर्न छलफल भइरहेको छ।

२४ असोज, काठमाडौं। नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार आजको बैठक दिउँसो एक बजे बोलाइएको छ ।

बैठकमा सहभागीहरुले जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रमकमा केन्द्रित भएर धारणा राख्दै आएका छन् ।

‘मुलभूत रुपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ । यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ । यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने ? लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ,’ महतले भने ।

त्यस्तै, आगामी २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि छलफल गरिएको महतले बताए । ‘केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा जानुअघि समान धारणा विकसित होस् भनेर छलफल भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?