
२४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने प्रसंगले प्रवेश पाएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र रामबहादुर थापा बादलले यो प्रसंग बैठकमा राखेका हुन् । ‘तीनै जनाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय सच्याउनुपर्ने प्रस्ताव ल्याउनुभएको छ,’ स्रोतले भन्यो ।
ईश्वर पोखरेल भण्डारीको पक्षमा पहिलेबाटै वकालत गर्दै आएका नेता हुन् । तर आजको बैठकमा विष्णु पौडेल र बादलले समेत विद्या भण्डारीको सदस्यताबारे बोलेका छन् ।
‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनु हुन्छ भने वलकम गरौं,’ पौडेलले भनेका छन् । स्रोतका अनुसार आगामी केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय लिनुपर्ने पोखरेल र पौडेलको प्रस्ताव छ ।
अर्का उपाध्यक्ष बादलले पनि विद्या भण्डारीको सदस्यतालाई रोकेर पार्टीलाई फाइदा नहुने तर्क गरेका थिए ।
‘उहाँको सदस्यतालाई लिएर पार्टीभित्रको मनोविज्ञान विभाजन छ,’ बादललको प्रस्ताव थियो, ‘अहिले पार्टीभित्र एकता चाहिएको छ, उहाँले (विद्या भण्डारी) चाहनु हुन्छ भने सदस्यता नवीकरण गरेर काम गर्ने मौका दिनुपर्छ ।’
प्रतिक्रिया 4