+

आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो मध्यम लक्ष्य

२०८२ असोज  २६ गते १७:५५ २०८२ असोज २६ गते १७:५५
आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो मध्यम लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएईलाई १४० रनको मध्यम लक्ष्य दिएको छ।
  • नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएकोमा आसिफ शेखले ४७ बलमा ५१ रन बनाए।
  • यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए।

२६ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो ।

आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।

सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन ।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।

टी-२० विश्वकप छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय