News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले तत्काल होम एण्ड अवे फर्म्याटमा सहीद स्मारक ए डिभिजन लिग नहुने जनाएको छ।
- एन्फा महासचिव किरण राईले छठपछि क्लबहरूसँग छलफल गरी नयाँ लिगको फर्म्याटबारे निर्णय गर्ने बताउनुभयो।
- २०७९/८० को लिग जेठ २३ गते सकिएपछि नयाँ लिग सुरु नभएपछि खेलाडीहरू विदेशी क्लबतर्फ आकर्षित भइरहेका छन्।
२८ असोज, काठमाडौं । नेपाली फुटबलको शीर्ष लिग सहीद स्मारक ए डिभिजन लिग तोकिएको मितिमा नहुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गरेर तत्काल होम एण्ड अवे फर्म्याटमा लिग नहुने जनाएको हो ।
‘क्लबहरूको सुझावका आधारमा अहिले होम एण्ड फर्म्याट नगर्ने कुरा भएको छ, अर्को सिजनको लागि त्यो फर्म्याटमा गर्न सकिन्छ’ एन्फा महासचिव किरण राईले पत्रकार सम्मेलनमा भने।
‘छठपछि क्लबहरूसँग फेरि छलफल गर्नेछौं, टप टायर लिगमा राष्ट्रिय लिग र ए डिभिजन पर्छन्, कुन गर्ने कसरी गर्नेबारे छलफलपछि निष्कर्ष निकाल्नेछौं’ राईले थपे ।
२०७९/८० को लिग जेठ २३ गते सकिएदेखि अहिलेसम्म नयाँ लिग सुरु भएको छैन। पछिल्लोपटक चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो ।
लिग नहुँदा नेपाली खेलाडीहरू विदेशी क्लबतर्फ आकर्षित भइरहेका छन्। राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ र फरवार्ड अन्जन विष्टसहित अन्य खेलाडी अहिले बंगलादेशी लिग खेलिरहेका छन्।
प्रतिक्रिया 4