+
+
Shares

विपिनलाई जीवित फर्काउन नसक्नु पीडादायी बन्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १७:२७

२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हमासबाट हत्या गरिएका विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सरकार, सम्बन्धित निकाय तथा राष्ट्रय र अन्तर्राष्ट्रिय तहमा भएका प्रयासबीच पनि उनलाई जीवित फर्काउन नसक्नु पीडाको विषय भएको बताएका हुन् ।

‘विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो,’ प्रचण्डले भनेका छन् ।

साथै, उनले विपिनलाई श्रद्धाञ्जली दिँदै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

‘मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु । यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले अनलाइनखबरलाई बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?