+
+
Shares

साढे २ लाख नाघ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ३० असोजमा सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर ३२७५ रुपैयाँ पुगेको छ।

३० असोज, काठमाडौं । सुनको भाउले साढे २ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढिरहेपछि नेपाली बजारमा प्रभाव देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार २ सय अमेरिकी डलर नाघेको छ । एक औंस बराबर २.४३ ग्राम हुन्छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?