+
+
Shares

युलेन्स स्कुलका अभिभावकको अपिल : स्कूलमा आगजनी, तोडफोड र लुटपाट गर्नेलाई कारबाही होस्

गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनमा युलेन्स स्कुल खुमलटार र बाँसबारीमा आगजनी तोडफोड र लुटपाट भएको थियो । उक्त घटनाको दोषीलाई कारबाही गर्न अभिभावकहरूले अपिल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युलेन्स स्कुलका अभिभावकले गत भदौ २३ र २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका छन्।
  • अभिभावकहरूले विद्यालयमा भएको आगजनी र लुटपाटले विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर परेको भन्दै दुःख व्यक्त गरेका छन्।
  • विद्यालयमा १४६१ विद्यार्थी र ५०० भन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन् र अभिभावकहरूले विद्यालयलाई पुनःस्थापना गर्न सहयोगको अपिल गरेका छन्।

३० असोज, काठमाडौं। युलेन्स स्कुलका अभिभावकले स्कुलमा आगजनी तोडफोड र लुटपाट गर्नेलाई कारबाही गर्न माग गरेका छन्।

गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनमा युलेन्स स्कुल खुमलटार र बाँसबारीमा आगजनी तोडफोड र लुटपाट भएको थियो । उक्त घटनाको दोषीलाई कारबाही गर्न अभिभावकहरूले अपिल गरेका छन् ।

‘विद्यालय शान्ति क्षेत्र हो भने मूल मर्मविपरीत देशका विभिन्न प्रतिष्ठित विद्यालयहरू माथिको आक्रमण सहित आगजनी तोडफोड तथा लुटपाटको घटनामा संलग्नप्रति कडाभन्दा कडा कानुनी कारबाही गरी शान्ति सुरक्षा कायम गर्न राज्यका सम्बन्धित निकायको ध्यानकर्षण गर्दछौं,’ अपिलमा भनिएको छ।

युलेन्स स्कुलको भवनभित्र आफ्ना छोराछोरीको सुन्दर भविष्य निर्माणको सपनालाई साकार पार्ने पुस्तक, कपीहरू जलाइएकोमा अभिभावकहरूले दुःख व्यक्त गरेका छन्।

‘इलेक्ट्रोनिक सामाग्री कम्प्युटर, ल्यापटप सहित भवनहरूभित्र रहेका भौतिक सामग्रीहरू लुटपाट गरियो। त्यतिले मात्र नपुगेर भौतिक संरचनामाथि विध्वंशपूर्ण कार्य गरी तोडफोडका साय आगजनी गरी हाम्रा भविस्यका कर्णधारहरूको भविष्यको सपनालाई खरानीमा परिणत गरियो,’ अपिलमा भनिएको छ । विध्वंशपूर्ण र आततायी कार्यको घोर भत्र्सना अभिभावकले गरेका छन्।

‘लुटपाट, चोरी, डकैती तोडफोड र आगजनी कार्यमा संलग्न जोसुकै माथि कडाभन्दा कडा कानूनी कारबाही गरी यस्ता बिधेश विध्वंशकारी कार्यलाई निरुत्साहित गर्न यस विद्यालयका सम्पूर्ण अभिभावकहरू नेपाल सरकार तया सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं,’ अपिलमा भनिएको छ । विद्यालयमा हाल १४६१ विद्यार्थी अध्यनरत ५०० भन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन्।

खरानी भएको विद्यालयलाई उठाउन अभिभावकहरूले अपिल गरेका छन् । ‘खरानीबाट माथि उठाउन आवश्यक सहयोगको लागि विद्यालयहरूको हितका लागि खोलिएका संघ संस्थाहरू अभिभावक सम्बद्ध संघ संस्थाहरू विद्यार्थी हित र सुरक्षाका लागि क्रियाशील संघ संस्थाहरूसँग विनम्र अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?