+
+
Shares

हिमालयन डिस्टिलरीको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन डिस्टिलरीले सेयरधनीका लागि करसहित ५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ।
  • कम्पनीले कात्तिक ३० गते पर्सास्थित रजिस्टर्ड कार्यालयमा साधारणसभा बोलाएको छ।
  • साधारणसभाका लागि कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ र कात्तिक १९ गतेसम्म सेयरधनीले लाभांश पाउनेछन्।

३१ असोज, काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये करसहित ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको हो ।

साथै कम्पनीले कात्तिक ३० गतेका लागि पर्सास्थित रजिस्टर्ड कार्यालयमा साधारणसभा बोलाएको छ । साधारणसभाका लागि कात्तिक २० गते बुक क्लोज गर्ने भएको छ ।

कात्तिक १९ गतेसम्म सेयर होल्ड गरेका वा खरिद गरेकाले लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार राख्छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?