+

बोपारा र तनभिरले फेरि चितवन राइनोजबाट खेल्ने

२०८२ कात्तिक  ४ गते १३:४० २०८२ कात्तिक ४ गते १३:४०
बोपारा र तनभिरले फेरि चितवन राइनोजबाट खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा रवि बोपारा र सोहेल तनभिरलाई पुनः अनुबन्ध गरेको छ।
  • रवि बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी२०आई खेलेका छन् र ४९४ टी२० खेलमा ९९४८ रन बनाएका छन्।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने छ।

४ कात्तिक, काठमाडौं । रवि बोपारा र सोहेल तनभिरले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि चितवन राइनोजबाटै खेल्ने भएका छन् ।

चितवन राइनोजले मंगलबार चितवनको सौराहामा ट्रफी टुर कार्यक्रमका बीच विदेशी खेलाडी सार्वजनिक गर्दै दुवै खेलाडीले यो संस्करणमा पनि खेल्ने कुरा जानकारी गराएको हो ।

४० वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी२०आई खेल खेलेका छन् । उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् ।

दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४९४ टी२० खेलमा ९ हजार ९४८ रन बनाएका छन् भने २९२ विकेट पनि लिएका छन् । बोपारा गत सिजनको एनपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी-२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

४० वर्षीय तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन् । उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमा राम्रो अनुभव छ । फर्स्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन् ।

बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन् ।

पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।

अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।

एनपीएल चितवन राइनोज रवि बोपारा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय