News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी नवलपरासीमा कुटपिटबाट मृत्यु भएको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा १९ वर्षीय रिङकु गुरुङ, १७ वर्षीय बिक्रम हिजा र २० वर्षीय धरन पाईजा मगर रहेका छन्।
- मृतक सन्तबहादुर ठाडा मगरको शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ।
७ कात्तिक, काठमाडौं। पूर्वी नवलपरासीमा कुटपिटबाट मृत्यु भएको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीको त्रिबेणी गाउँपालिका-४ दुमकट्टा बस्ने १९ वर्षीय रिङकु गुरुङ, सोही ठाउँ बस्ने १७ को बिक्रम हिजाले र त्रिवेणी गा.पा.४ बस्ने २० वर्षीय धरन पाईजा मगर रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय नवलपुर ल्याइएको प्रहरीले जनाएको छ । यस्तै मृतकको शव पोष्टमार्टमको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ।
यता, प्रहरीले युवाहरूलाई पक्राउ गरेको भन्दै स्थानीयले अस्थाई प्रहरी चौकी सर्दी घेराउ गरेका छन्।
भाइटीकाको दिन दुमकट्टा देउसी भैलो टोलीमध्येका व्यक्तिहरूले ४४ वर्षीय सन्तबहादुर ठाडा मगरलाई कुटपिट गरि घाइते बनाएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया 4