+
+
Shares

तिहारपछिको सेयर बजार : प्रारम्भिक कारोबारमा घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहारपछि खुलेको सेयर बजारको नेप्से परिसूचक पहिलो एक घण्टामा २५.५२ अंक घटेर २४७८ मा कायम भएको छ।
  • पहिलो एक घण्टामा २६ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको र ९ को स्थिर रहेको छ।
  • सबै सेक्टरका सूचक घटेका छन्, होटल तथा पर्यटन २ प्रतिशतभन्दा धेरै र विकास बैंक, फाइनान्स, हाइड्रोपावर समूह १ प्रतिशतभन्दा धेरै घटेका छन्।

९ कात्तिक, काठमाडौं । तिहारपछि खुलेको सेयर बजार प्रारम्भिक कारोबारका क्रममा घटेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक २५.५२ अंक घटेको छ ।

सो गिरावटसँगै नेप्से २४७८ मा कायम भएको छ । पहिलो एक घण्टासम्म २६ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ भने ९ को स्थिर छ । यतिबेलासम्म जम्मा ६० करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन २ प्रतिशतभन्दा धेरै घटेको छ । विकास बैंक, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा, लगानी तथा माइक्रोफाइनान्स समूह १ प्रतिशतभन्दा धेरै घटेका छन् ।

उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै २.२ प्रतिशत बढेको छ । त्यस्तै तारागाउँ रिजेन्सी (हायात होटल)को मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत घटेको छ । भगवती हाइड्रोपावरको ८, हिमालयन पावर पार्टनरको ८ तथा एसियन हाइड्रोपावरको ६ प्रतिशत मूल्य घटेको छ ।

पहिलो एक घण्टासम्म धेरै कारोबार भएका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर र हिमालयन पावर पार्टनर छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?