+
+
Shares

मलेसियामा ट्रम्पविरुद्ध नाराबाजी, प्यालेस्टिनी झन्डा बोकेका मानिसहरूको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १४:१७

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मलेसियामा प्रदर्शन भएको छ ।

ट्रम्प अहिले मलेसियाको भ्रमणमा छन् । बीबीसीका अनुसार उनीविरुद्ध आइतबार प्रदर्शनहरू भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली निकालियो ।

समाचार एजेन्सी एएफपीका अनुसार, प्रदर्शनकारीहरूले ट्रम्पको विरुद्धमा नारा पनि लगाएका छन् ।

प्रदर्शनमा धेरै मानिसहरूले प्यालेस्टिनी झन्डा फहराएका देखिन्छन् । उनीहरूले ‘ट्रम्प, तिमीलाई मलेसियामा स्वागत छैन‘ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

ट्रम्प अहिले एसिया भ्रमणमा छन् । मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आपसी सीमा विवाद सम्बन्धी ‘शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?