News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘वरिष्ठ बलराम’को पाश्र्वगीत ‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लिएको छ।
- यो तथ्यांक पछिल्लो २८ दिनको हो र गीतले दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ र कला लम्साल-आशिष अविरलको ‘अन्टी लभर’लाई पछि पारेको छ।
- ‘भ्वाइस अफ नेपाल’ सिजन ४ का फाइनलिस्ट प्रशान्त सिवाकोटीद्वारा संगीतबद्ध ‘न्याउली बनैमा’लाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ।
काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’मा समावेश पाश्र्वगीत ‘न्याउली बनैमा’मा युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लिएको छ ।
यो तथ्यांक पछिल्लो २८ दिनको हो ।
दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ र कला लम्साल-आशिष अविरलको ‘अन्टी लभर’लाई उछिनेर उक्त गीत पहिलो स्थानमा पुगेको हो ।
‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनका फाइनलिस्ट प्रशान्त सिवाकोटीद्वारा संगीतबद्ध ‘न्याउली बनैमा’लाई अहिलेसम्म युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ ।
गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा विजय बराल र समृद्धि अर्यालले नृत्य गरेका छन् । प्रदीप लामाको नृत्य निर्देशन छ ।
समधुर लय र मिठासले भरिएको यो गीत अहिले टिकटक र रिल्समा रुचाइएको छ । हलमा पनि दर्शकले यो गीतमा इन्जोय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4