News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को ९ कात्तिकसम्म २ लाख १८ हजार ३२ टन रासायनिक मल आपूर्ति चरणमा रहेको छ।
- कृषि सामग्री कम्पनीले १ लाख ३३ हजार १ सय ८० टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ८४ हजार ८ सय ५२ टन रासायनिक मल आपूर्ति गरेको छ।
- सरकारले रासायनिक मल आयातका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ र ६ लाख मेट्रिक टन आयात गर्ने लक्ष्य राखेको छ।
१२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ कात्तिकसम्म २ लाख १८ हजार ३२ टन रासायनिक मल आपूर्ति चरणमा रहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कृषि सामग्री कम्पनीको ४४ हजार ६ सय ३८ टन र साल्ट ट्रेडिङ कर्पोरेसनको २४ हजार ३ सय ३२ टन युरिया आपूर्ति चरणमा छ ।
कृषि सामग्रीले युरिया, डीएपी समेत गरी कुल १ लाख ३३ हजार १ सय ८० टन र साल्ट ट्रेडिङले युरिया, डीएपी र पोटास समेत कुल ८४ हजार ८ सय ५२ टन बराबर आपूर्ति गरेका छन् ।
मन्त्रालयका अनुसार हाल १ लाख २० हजार ९२ टन मल भने मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा डीएपी, युरिया, पोटास गरी कुल ७१ हजार ३ सय ५८ टन र साल्ट्र ट्रेडिङमा ४८ हजार ७ सय ३३ टन बराबर रासायनिक मल मौज्दात छ ।
मन्त्रालयका अनुसार हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ । गत साउनदेखि ९ कात्तिकसम्म १ लाख ४४ हजार ४ सय ९८ टन मल बिक्री भएको छ ।
चालु आर्थिक वर्षका लागि जम्मा ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म ४ लाख ७१ हजार ३ सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ ।
रासायनिक मल आयातका लागि सरकारले २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया 4