+

लिभरपुल इएफएल कपको चौथो चरणबाटै बाहिरियो

२०८२ कात्तिक  १३ गते ८:१० २०८२ कात्तिक १३ गते ८:१०
लिभरपुल इएफएल कपको चौथो चरणबाटै बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस फुटबल लिग कपको चौथो चरणमा लिभरपुल क्रिस्टल प्यालेससँग ३-० ले पराजित हुँदै बाहिरिएको छ।
  • टोटनहाम प्रिमियर लिगकै न्युकासलसँग २-० ले पराजित हुँदै इएफएल कपबाट बाहिरिएको छ।
  • चेल्सी, म्यान्चेस्टर सिटी र आर्सनलले क्रमशः वुल्भ्स, स्वान्सी र ब्राइटनलाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका छन्।

१३ कात्तिक, काठमाडौं । प्रिमियर लिगको साविक विजेता टोली लिभरपुलको खराब लय कायमै रहँदा इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा दोस्रो रोजाइको टोली उतारेको लिभरपुल प्रिमियर लिगकै क्रिस्टल प्यालेससँग ३-० गोलअन्तरले पराजित भएको हो । प्यालेसको जितमा इस्माइल सारले २ गोल गर्दा येरेमी पिनोले १ गोल गरे ।

खेलको ४१औं र ४५औं मिनेटमा सारले गोल गर्दै प्यालेसलाई पहिलो हाफमा २-० ले अगाडि राखे । ७९औं मिनेटमा लिभरपुलका अमारा नालोले रातो कार्ड पाएपछि लिभरपुल अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो ।

८८औं मिनेटमा पिनोले गोल गर्दै प्यालेसको ३-० को जित पक्का गरे ।

यस्तै टोटनहाम पनि प्रिमियर लिगकै न्युकासलसँग २-० ले पराजित हुँदै बाहिरिएको छ ।

चेल्सीले वुल्भ्सलाई ४-३ गोलअन्तरले हरायो भने म्यान्चेस्टर सिटीले स्वान्सीलाई २-१ तथा आर्सनलले ब्राइटनलाई २-० ले हराएर अन्तिम ८ मा प्रवेश गरेका छन् ।

आर्सनल इएफएल कप चेल्सी टोटनहाम म्यान्चेस्टर सिटी लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय