+
+
Shares

किलोमा ३२ रुपैयाँ बढ्यो तिते करेला, लौका र घिरौँलोको कति ?

हिजो बुधबार ५५ रुपैयाँ किलोमा किनबेच भएको तिते करेला आज बिहीबार ८७ रुपैयाँ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा तिते करेला, लौका र घिरौँलोको मूल्य बढेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि जारी गरेको मूल्यसूचीले यी तरकारीको मूल्य बढेको देखाएको हो।
  • तिते करेलाको मूल्य ३२ रुपैयाँले बढेर ८७ रुपैयाँ, लौका १२ रुपैयाँले बढेर ६७ रुपैयाँ र घिरौँलो १० रुपैयाँले बढेर ६५ रुपैयाँ पुगेको छ।

१३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेला, लौका र घिरौँलोको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूचीले यी तरकारीको मूल्य बढेको देखाएको हो ।

आज बिहीबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा ३२ रुपैयाँ बढेको छ । हिजो बुधबार ५५ रुपैयाँ किलोमा किनबेच भएको तिते करेला आज बिहीबार ८७ रुपैयाँ पुगेको छ ।

यस्तै लौका पनि आज प्रतिकिलो १२ ले बढेर ६७ रुपैयाँ पुगेको छ । हिजो बुधबार किलोको ५५ रुपैयाँमा किनबेच भएको थियो ।

हिजो बुधबार प्रतिकिलो थोकमा ५५ रुपैयाँमा किनबेच भएको घिरौँलो आज ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?