+
नेपाली क्रिकेट :

लिग २ क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै

२०८२ कात्तिक  १५ गते ६:५५ २०८२ कात्तिक १५ गते ६:५५
लिग २ क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको तेस्रो खेलमा अमेरिकासँग खेल्दै छ।
  • नेपालले हालसम्म लिग २ मा खेलेका दुवै खेल हारिसकेको छ र बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।
  • अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंकसहित सातौं स्थानमा छ।

१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ ।

लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।

नेपाल र यूएई लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय