News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रको महाभारत गाउँपालिका–१ घर भएका राजा तामाङ भनिने वाङ्सुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
- वाङ्सुले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेर प्रहरीको हतियार लुटेर लाहुरे टोलमा लुकाएको पाइएपछि पक्राउ गरिएको हो।
- उनको कोठा खानतलासी गर्दा तीन थान गोली भेटिएको र उनी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका व्यक्ति रहेको पाइएको छ।
१६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट निस्केर प्रहरीको हतियार लुट्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रको महाभारत गाउँपालिका–१ घर भएका राजा तामाङ भनिने वाङ्ुु लामा छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
१३ कात्तिकमा काठमाडौं महानगरपालिका–७ लाहुरे टोलमा प्रविण घिमिरे भनिने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु खाजा घरको बाहिर कालो झोलामा हतियार भेटिएको थियो । ग्यास गनको बट र नाल छुट्टा छुट्टै रहेको अवस्थामा शंकास्पद हतियार भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
सो क्रममा वाङ्सु प्रहरीको हतियार लुटेर त्यहाँ लुकाएको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।
वाङ्सु ज्यान मार्ने उद्योगमा पक्राउ परेर प्रहरी वृत्त वौद्धबाट मुद्दा चलेको व्यक्ति रहेको पाइएको छ । उनी ७ साउन २०८२ मा मात्रै पुर्पक्षका लागि कारागार चलान गरेका थिए । केन्द्रीय कारागार सुन्धारामा रहेका उनी २४ भदौमा जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका थिए ।
वाङ्सुको कोठा खानतलासी गर्दा तीन थान गोली समेत भेटिएको छ ।
प्रतिक्रिया 4