+
+
Shares

बन्चरेडाँडामा अब रात्रिकालीन फोहोर व्यवस्थापन, राख्न थालियो बत्ती

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्यान्डफिल साइटमा बत्ती जडानका लागि पोल झारेको छ । अब पोल गाडेर बत्ती जडान गरिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले बन्चरेडाँडा ल्यान्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान सुरु गरेको छ।
  • ऊर्जा मन्त्री कुलमान घिसिङले ल्यान्डफिल साइट अनुगमनपछि रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ती जडान गर्ने प्रतिबद्धता जनाएका थिए।
  • सहरी विकास मन्त्रालयले नियमित अनुगमनका लागि काठमाडौं महानगरपालिका, धुनिबेँसी नगरपालिका, ककनी गाउँपालिका र स्थानीयको प्रतिनिधित्वमा समिति गठन गरेको छ।

१७ कात्तिक, काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्यान्डफिल साइटमा बत्ती जडानका लागि पोल झारेको छ । अब पोल गाडेर बत्ती जडान गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्यानडफिल साइट अनुगमन र स्थानीयसँगको अन्तर्क्रिया क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ती जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ती जडानका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए ।

यसैगरी फोहोरबाट निस्कने लिच्चड व्यवस्थापनका लागि जडान गर्न पम्प साइटमा आपूर्ति गरिसकिएको छ । स्थानीयसँग जनाइएको प्रतिबद्धता बमोजिम नियमित अनुगमन गर्न सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिबेँसी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?