+
+
Shares

फुर्वा तेन्जिङ शेर्पा आए सम्पर्कमा*

फुर्वा तेन्जिङ २४ वर्षको उमेरमै ९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखिसकेका विख्यात आरोही हुन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ कात्तिक १८ गते ९:२५

१८ कात्तिक, काभ्रेपलाञ्चोक । दोलखाको रोल्वालिङ हिमश्रृङखलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा बेपत्ता भनिएका सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा सम्पर्कमा आएका छन् ।

गौरीशंकर गाउँपालिका-९ बेदिङका फुर्वा तेन्जिङ शेर्पा उद्दारमा खटिएको गौरीशंकर गाउँपालिका-९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए । ‘बेदिङका विख्यात आरोही फुर्वा तेन्जिङ शेर्पा ना गाउँमा बसेर घाइतेको उद्वार र बेपत्ताको खोजीमा हुनुहुन्छ ।’

वडा अध्यक्ष ङिमगेली शेर्पाले भने । बिजुली नपुगेको उक्त स्थानमा सोलारबाट मोबाइलको टावर आउने भएकोले घाम लागेपछि फ़ोनमा सम्पर्क गरेको वडा अध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए ।

यअसघि दोलखाका डिएसपी ज्ञानकुमार महतोले फुर्वा पनि बेपत्ता भएको जानकारी आएको बताएका थिए । ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा डोल्मा खाङ हिमाल र आरोहणकालागि जना जना यलुङ री बेस क्याम्प पुगेको थियो ।

मंगलबार बिहान ४ जना घाइतेको हेलिकप्टर मार्फ़त उद्धार भएको दोलखा प्रहरीले जनाएको छ । ४ जना मध्य २ जना नेपाली र २ जना विदेशी छन् ।

* यसअघि प्रकाशित समाचारमा प्रहरी अधिकारीहरुले उनी पनि बेपत्ता भएको जानकारी दिएका थिए । तर, परिवारका सदस्यहरुले आफ्नो सम्पर्मा रहेको जानकारी दिएपछि यसअघि प्रकाशित समाचारको अंश सच्याइएको छ । 

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?