+
+
Shares

त्रिविको क्याफ्टेरिया निर्माण स्थगित

विद्यार्थीको विरोधपछि त्रिविले क्याफ्टेरिया निर्माण हाललाई स्थगित गरेको हो। ‘अहिलेलाई स्थगित गरिएको छ। सबैसँग सल्लाह गरेर काम गर्नुपर्छ,’ उपकुलपति प्राडा दीपक अर्यालले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते २०:३०

१८ कात्तिक, काठमाडौं। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालयले बनाउन लागेको क्याफ्टेरिया हाललाई स्थगित भएको छ।

विद्यार्थीको विरोधकाबीच ठेकेदारले निर्माण प्रक्रिया अगाडि बढाएको थियो । मंगलबार बिहान ठेकेदार पक्षले विद्यार्थी नेताहरूमाथि कुटपिट सेमेत गरेका थिए।

त्यसपछि त्रिविले क्याफ्टेरिया निर्माण हाललाई स्थगित गरेको हो। ‘अहिलेलाई स्थगित गरिएको छ। सबैसँग सल्लाह गरेर काम गर्नुपर्छ,’ उपकुलपति प्राडा दीपक अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?