+
लिग २ क्रिकेट :

यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

२०८२ कात्तिक  १९ गते १०:३२ २०८२ कात्तिक १९ गते १०:३२
यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्धको अन्तिम खेलमा पहिले ब्याटिङ गर्नेछ।
  • यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
  • नेपालले तीन खेलमा लगातार हार बेहोरेको छ र आज पहिलो जित निकाल्ने लक्ष्यमा छ।

१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेरमा सुरु हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुल्शन झाको स्थानमा कुशल मल्लले मौका पाएका छन् ।

जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।

नेपाल र यूएई लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय