+
+
Shares

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या, एक जना पक्राउ

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ।
  • साहले म्यासेन्जरमा कुराकानी गरी पीडितलाई ललाई संवेदनशील अंग देखाउन लगाई नांगो तस्बिर र भिडियोको स्क्रिनसर्ट बनाए।
  • उक्त तस्बिरहरू फेक फेसबुक एकाउन्टमा अपलोड गरेको आरोपमा साहविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ।

१९ कात्तिक, काठमाडौं। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा साहले पारेको प्रहरीले बताएको छ । त्यसपछि संवेदनशील अंगहरू देखाउन लगाई नांगो तस्विर÷भिडियोको स्किृनसर्ट गरेका थिए । उक्त तस्बिरहरु फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका साहविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?