+
+
Shares

जापानी कम्पनीहरूलाई नेपालमा लगानी र सहकार्यका लागि आह्वान

जापानमा तीव्र रूपमा बढ्दै गएको नेपाली समुदाय र बहुसांस्कृतिक सहअस्तित्वको आवश्यकता र महत्वमा जोड दिंदै थापाले जापानी कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका उद्योगी–व्यापारीहरूलाई जापानी कम्पनीहरूलाई नेपालमा लगानी गर्न र सहकार्यका लागि आह्वान गरिएको छ।
  • अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ जिज्ञान कुमार थापाले नेपाल र जापानबीच महिला प्रधानमन्त्री भएको संयोगलाई नयाँ अवसरमा बदल्नुपर्ने बताए।
  • योकोहामा रोटरी क्लबले छिट्टै टोली गठन गरी नेपाल भ्रमणमार्फत व्यवसायिक अवसरहरू प्रत्यक्ष अवलोकन गर्ने योजना बनाएको छ।

१९ कात्तिक, काठमाडौं । जापानका उद्योगी-व्यापारीहरूलाई जापानी कम्पनीहरूलाई नेपालमा लगानी गर्न र सहकार्यका गर्न आह्वान गरिएको छ ।

योकोहामामा आयोजित योकोहामा रोटरी क्लबको विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध र नीति तर्जुमाका विज्ञ जिज्ञान कुमार थापाले ‘जापान र नेपालबीचको विविधता र भविष्यका सम्भावना’ विषयमा प्रस्तुतीकरण दिंदै लगानीका लागि आह्वान गरेका हुन् ।

कार्यक्रममा सहभागी जापानका विभिन्न प्रतिष्ठित कम्पनीका अध्यक्ष, सञ्चालक तथा व्यावसायिक प्रतिनिधि गरी एक सयभन्दा बढी उद्योगी–व्यवसायीहरूलाई थापाले अहिले दुवै देशमा महिला प्रधानमन्त्री भएको संयोगलाई सहयोग र सहकार्यको नयाँ अवसरमा बदल्नुपर्ने बताए ।

जापानमा तीव्र रूपमा बढ्दै गएको नेपाली समुदाय र बहुसांस्कृतिक सहअस्तित्वको आवश्यकता र महत्वमा जोड दिंदै थापाले जापानी कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

उनले जापानी कम्पनीहरूलाई नेपालको विविध क्षेत्रमा व्यवसाय विस्तार गर्न आग्रह गर्दै भने, ‘नेपालमा लगानी केवल व्यापारिक दृष्टिले होइन, सीप विकास र जनशक्ति सशक्तीकरणको दृष्टिले पनि दीगो र लाभदायी हुनेछ।’

उनले थपे, ‘आज जापानमा विभिन्न क्षेत्रहरूमा सीप र अनुभव आर्जन गरिरहेका नेपालीहरू एकदिन आफ्नै देश फर्किएर नेतृत्वदायी भूमिकामा योगदान दिनेछन्, त्यसैले अहिले नै जापानी कम्पनीहरूले नेपालको सम्भावनायुक्त क्षेत्रमा प्रवेश गर्नु बुद्धिमानी हुनेछ।’

जापानी मुद्रा (नोट) बनाउन प्रयोग हुने कच्चा पदार्थ मिचुमाता (अर्गेली) नेपालमै उत्पादन हुने उदाहरण दिँदै थापाले यस्तै सृजनात्मक र परस्पर लाभदायी व्यवसायिक सम्बन्धलाई अझ विस्तार गर्न सकिने सम्भावना औँल्याए ।

कार्यक्रमका आयोजक संस्था योकोहामा रोटरी क्लबका प्रतिनिधिहरूले छिट्टै एउटा टोली गठन गरी नेपाल भ्रमणमार्फत व्यवसायिक अवसरहरू प्रत्यक्ष अवलोकन गर्ने इच्छा जनाएको थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?