+
+
Shares

ठूला १० मध्ये ७ ब्रोकरबाट खरिद बढी, यस्तो छ किनबेच

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सेयर बजारमा कुल ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ।
  • ठूला १० ब्रोकर कम्पनीको हिस्सा २९.५ प्रतिशत रहेको छ र उनीहरूबाट १ अर्ब ४३ करोड रुपैयाँ खरिद र १ अर्ब ३३ करोड रुपैयाँ बिक्री भएको छ।
  • नेप्से परिसूचक १२.१७ प्रतिशत बढेर २६०७ अंकमा पुगेको छ।

१९ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा कुल ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो ।

यो कारोबार रकममा ठूला १० ब्रोकर कम्पनीको हिस्सा २९.५ प्रतिशत हो । यस दिन ठूला १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ४३ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा १ अर्ब ३३ करोड रुपैयाँको बिक्री भएको छ ।

ठूला १० ब्रोकरमध्ये ७ मार्फत खरिद बढी भएको छ भने ३ मार्फत बिक्री बढी भएको छ । यसको अर्थ यी ब्रोकर कम्पनीको टीएमएस प्रयोग गरेर सर्वसाधारणले गरेको कारोबार हो ।

भिजन, अनलाइन, त्रिशक्ति, सनी, इम्पेरियल, दिपशिखा र श्रीकृष्णमार्फत खरिद बढी भएको छ । नासा, श्रीहरि र क्यापिटल म्याक्समार्फत बिक्री बढी भएको छ ।

ठूला १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट छन् ।
यस दिन नेप्से परिसूचक १२.१७ प्रतिशत बढेको हो । यो वृद्धिसँगै नेप्से २६०७ अंकमा छ ।

ब्रोकरको विस्तृत कारोबार ओकेमार्केट्समा हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?