News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल हुनेछ।
- नेपाली महिला फुटबल टिमका प्रशिक्षक नविन न्यौपानेले २७ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गर्नुभएको छ।
- टीममा बिर्सना चौधरी, नेहा कुमारी चौधरी, लिला जोशी र अनिता लम्जेल नयाँ खेलाडी थपिएका छन्।
१९ कात्तिक, काठमाडौं । इन्डोनेसियामा हुने ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक भएको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले २७ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
केही समयअघि भारतमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलेको टिममा चार नयाँ खेलाडी थप गर्दै प्रारम्भिक टोली सार्वजनिक गरिएको हो ।
थपिएको खेलाडीमा बिर्सना चौधरी, नेहा कुमारी चौधरी, लिला जोशी र अनिता लम्जेल छन् ।
नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति ट्राईनेसन्स महिला मैत्रीपूर्ण फुटबल आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसियामा हुनेछ ।

प्रतिक्रिया 4