+

नेपथ्य कन्सर्टको टिकट ‘सोल्ड आउट’, पोखरा एभेन्जर्सको ७ हजार जर्सी विक्री

२०८२ कात्तिक  २० गते २१:३९ २०८२ कात्तिक २० गते २१:३९
नेपथ्य कन्सर्टको टिकट ‘सोल्ड आउट’, पोखरा एभेन्जर्सको ७ हजार जर्सी विक्री

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्टका लागि ७ हजार जर्सी बिक्री भएर टिकट सोल्ड आउट भएको छ।
  • कन्सर्टमा सहभागी हुन समर्थकले जर्सी किनेर प्रवेश पाउने व्यवस्था गरिएको छ र सबै जर्सी १३ घण्टाभित्र सकिएको छ।
  • जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने पोखरा एभेन्जर्सले जनाएको छ।

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्टका लागि टिकट सोल्ड आउट भएको छ ।

‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आगामी नोभेम्बर ७ (शुक्रबार) पोखरा रंगशालाको फुटबल स्टेडियममा आयोजना हुने कन्सर्टका लागि ७ हजार जर्सी बिक्री भएको हो ।

कन्सर्ट हेर्नका टिमले सुरुमा एक हजार समर्थकका लागि जर्सी किन्दा कन्सर्ट हेर्न पाउने व्यवस्था गरेको थियो । एक हजार समर्थकका लागि ९९९ रुपैयाँको विशेष जर्सी १३ घण्टामै सकिएको थियो ।

यस्तै त्यसपछि समर्थकका लागि भने १ हजार ४९९ रुपैयाँको जर्सी राखिएको थियो । उक्त मूल्यमा पनि सबै जर्सी सोल्ड आउट भएको हो ।

कन्सर्टका लागि पोखरा एभेन्जर्सले टिकट राखेको थिएन । टिकटको सट्टा समर्थकहरुले पोखरा एभेन्जर्सको जर्सी किनेर कन्सर्ट हेर्न पाउने व्यवस्था गरिएको हो ।

क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गर्न लागिएको पोखरा एभेन्जर्सले जनाएको छ ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले क्रिकेट टिम र नेपथ्यप्रति समर्थकहरुले देखाएको मायाले उत्साहीत बनाएको बताए ।

‘समर्थकहरुले पोखरा एभेन्जर्स र नेपथ्यप्रति देखाएको यो मायाले हामी उत्साहित भएका छौं,’ टिमका अध्यक्ष सुबोध त्रिपाठीले भने, सबै टिकट सोल्ड आउट हुनुले पोखराका क्रिकेट समर्थक र संगीतप्रेमी दुवैका लागि गर्वको विषय हो । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं ।’

जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने पोखरा एभेन्जर्सले जनाएको छ ।

नेपथ्य कन्सर्ट पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय