+
+
Shares

२२.९ प्रतिशत बढ्यो ग्लोबल आईएमई बैंकको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
  • यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९ प्रतिशत बढी हो।
  • बैंकको खुद ब्याज आम्दानी र फी तथा कमिसन आम्दानी सामान्य बढेको छ भने लोनलस प्रोभिजन घटेको छ।

२१ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.९ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो ।

बैंकको सञ्चालन आम्दानी बढ्नु र लोन लस प्रोभिजन सामान्य घट्दा पनि नाफामा योगदान पुगेको देखिन्छ । खुद ब्याज आम्दानी सामान्य बढेको छ । यस्तो आम्दानी पहिले ४ अर्ब ११ करोड रहेकोमा अहिले ४ अर्ब १३ करोड रुपैयाँ छ । त्यस्तै फी तथा कमिसन आम्दानी पनि सामान्य बढेको छ ।

लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य घटेको छ । यस्तो रकम पहिले १ अर्ब ७ करोड रहेकोमा अहिले १ अर्ब १ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १६.७४ रहेकोमा अहिले १९.५१ रुपैयाँ छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ छ । असोज मसान्तसम्म वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड रुपैयाँ छ । वितरणयोग्य प्रतिसेयर नाफा २२.९५ रुपैयाँ हो । बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ ।

कुल कर्जामा यस्तो कर्जाको अंश गत वर्षको असोज मसान्तसम्म ४.६७ प्रतिशत रहेकोमा अहिले ४.९८ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा ७.२९ बाट ५.४० प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?