News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकको निष्क्रिय कर्जा असोज मसान्तसम्म ६.९८ प्रतिशत पुगेको छ, जुन गत वर्षको ४.९६ प्रतिशतभन्दा बढेको हो।
- बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ, जुन गत वर्षको १ अर्ब ७ करोड रुपैयाँभन्दा २ प्रतिशत कम हो।
- बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक छ, जसको कारण साँवा तथा ब्याज असुली हुन नसक्नु हो।
२१ कात्तिक, काठमाडौं । कुमारी बैंकको निष्क्रिय कर्जा बढेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ६.९८ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ४.९६ प्रतिशत थियो ।
बैंकको खुद नाफा २ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो ।
वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक छ । बैंकको साँवा तथा ब्याज असुली हुन नसक्दा वितरणयोग्य नाफा ऋणात्मक हुनुका साथै निष्क्रिय कर्जा बढेको देखिन्छ ।
खुद ब्याज आम्दानी ३.७७ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ८० करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता १८५.४० रुपैयाँ छ ।
प्रतिक्रिया 4