+

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

२०८२ कात्तिक  २२ गते १७:३९ २०८२ कात्तिक २२ गते १७:३९
केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो भएका छन्।
  • २१ किलोमिटरको दौड पुरुषतर्फ विशालले दुई घन्टा ३१ मिनेट र महिलातर्फ मारिजेले तीन घन्टा ३७ मिनेटमा पूरा गरे।
  • केभीआर समिट च्यालेन्जमा स्वेदेशी र दस देशका विदेशी गरी २१ किमीतर्फ ११२ र ७ किमीतर्फ ३० जना धावकधाविकाले सहभागिता जनाएका थिए।

२२ कात्तिक, काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो भएका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता विशालले दुई घन्टा ३१ मिनेट समय लगाए । नेपालकै वीरेन्द्र पाण्डे र युगल राई दोस्रो र तेस्रो स्थानमा रहे । वीरेन्द्रले दुई घन्टा ४२ मिनेट तथा युगलले तीन घन्टा ३७ मिनेटमा दौड पुरा गरे ।

महिलातर्फ मारिजेले तीन घन्टा ३७ मिनेट समयसहित सबभन्दा चाँडै दौड पुरा गरिन् । स्कटल्यान्डकी जर्जिया टिन्डलेले (४ः०७ः५० सकेन्ड) दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारी (४ः०९ः५१ सकेन्ड) तेस्रो स्थानमा रहे ।

२१ किमीको दौड स्युचाटारबाट सुरु भएर गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमा सम्पन्न भएको थियो ।

ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन हाइक पनि राखिएको थियो । सो दौड सुर्यचौरमा सुरु भएर गुरुङगाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमा सकिएको थियो ।

सो दौडमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा (१ घन्टा १० मिनेट) पहिलो, लबिन गुरुङ (१ घन्टा ११ मिनेट) दोस्रो र समिर कार्की (१ घन्टा १२ मिनेट) तेस्रो भए । महिला वर्गमा अनिमा शेर्पा (१ घन्टा २८ मिनेट) पहिलो, फिलियोर माउन्टजोय (एक घन्टा ३० मिनेट) दोस्रो र आमानडाइन फेमी (१ घन्टा ३४ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।

केभीआर समिट च्यालेन्जको दोस्रो चरणमा स्वेदेशी र दस देशका विदेशी गरी २१ किमीतर्फ ११२ र ७ किमीमा ३० जना धावकधाविकाले सहभागिता जनाएका थिए ।

केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेब्रुअरी १ मा आयोजना हुनेछ ।

‘स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं’ नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको नेपाल स्पोर्ट्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरे ।

केभिआर समीट च्यालेन्ज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय