+

काभा यू-१९ महिला भलिबल : प्रतिस्पर्धात्मक फाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित

२०८२ कात्तिक  २३ गते १८:४७ २०८२ कात्तिक २३ गते १८:४७
काभा यू-१९ महिला भलिबल : प्रतिस्पर्धात्मक फाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोगिताको फाइनलमा कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएर उपविजेता बन्यो।
  • नेपालले सुरुवाती सेट जितेपनि दोस्रो र तेस्रो सेट गुमाएको थियो भने पाँचौं सेटमा पराजित भयो।
  • नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो।

२३ कात्तिक, काठमाडौं । नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोफगिताको उपविजेतामै सीमित भएको छ । आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग नेपाल ३-२ को सेटमा पराजित भएको हो ।

सुरुवाती सेट जितेपनि नेपालले त्यसपछिका दुई सेट गुमाएको थियो भने चौथो सेटमा जित निकाल्दा पाँचौं सेटमा पराजित भयो । कीर्गिस्तानले नेपाललाई २१-२५, २५-२०, २५-२१, १३-२५, १५-११ को सेटमा हराएको हो ।

शनिबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

नेपाल यसअघि लिग चरणमा पनि कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

काभा यू-१९ महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय