+

पूजा महतोलाई जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’मा निरन्तरता

२०८२ कात्तिक  २३ गते १८:४८ २०८२ कात्तिक २३ गते १८:४८
पूजा महतोलाई जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’मा निरन्तरता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग टिम जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि 'फेस अफ द बोल्ट्स' घोषणा गरेको छ।
  • आइतबार काठमाडौंमा भएको कार्यक्रममा पूजालाई पुनः 'फेस अफ द बोल्ट्स'को रूपमा घोषणा गरिएको थियो।
  • कार्यक्रममा जनकपुर बोल्ट्सको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो।

२३ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममार्फत पुजालाई ‘फेस अफ द बोल्ट्स’को रूपमा पुन: घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै पूजाले फेरि फेस अफ द बोल्ट्स बनाएकोमा टिमलाई धन्यवाद दिइन् । ‘जनकपुर बोल्ट्सको सम्पूर्ण टिमलाई मलाई फेरि फेस अफ बोल्ट्स बनाउनुभएकोमा धन्यवाद, यो सहकर्यमा म खुशी छु’ पूजाले भनिन्, ‘लास्ट टाइम च्याम्पियन हुनु भएको थियो यो पालि पनि च्याम्पियन हुनुस्।’

कार्यक्रममा टोलीको जर्सी पनि सार्वजनिक भएको छ । जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा, पूजा महतो, नेपाल लुब ओयल लिमिटेडका एमडी करण चाैधरीले जर्सी रिभिल गरे ।

जनकपुरले यसअघि विदेशी खेलाडीका रूपमा लाहिरु मिलान्थालाई दोस्रो संस्करणका लागि पुन: दोहोर्‍याएको छ भने दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिरलाई अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा वेस्ट इन्डिज लेजेन्ड शिवनराइन चन्द्रपल छन्  ।

जनकपुर बोल्ट्स पूजा महतो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय