News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजले आयोजना गरेको ट्यालेन्ट हन्टबाट सौगात ढकाल आइकोनिक खेलाडी चयन भएका छन्।
- एनपीएल दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ र चितवनले विदेशी खेलाडी रवि बोपारा र सोहेल तनभिरलाई निरन्तरता दिएको छ।
- चितवनले कुशल मल्लसहित केही खेलाडीलाई रिटेन गरेको र देव खनाल, अर्जुन साउदलाई अनुबन्ध गरेको छ।
२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम चितवन राइनोजले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’बाट आइकोनिक खेलाडीमा सौगात ढकाल चयन भएका छन् ।
दाँयाहाते लेग स्पीन बलर ढकाल ‘आइकोनिक प्लेयर’ बन्दा दाँयाहाते पेस बलर सक्रिय कार्की र बाँयाहाते पेस बलर नरेश प्रधान डेभलपमेन्ट स्क्वाडमा परेका छन्।
कार्यक्रम हेटौंडा, टाँडी र भरतपुरमा सम्पन्न भई अन्तिम छनोट गौतम बुद्ध रंगशालास्थित नमूना क्रिकेट मैदानमा गरिएको थियो।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले ट्यालेन्ट हन्टबाट नेपालभरका युवा खेलाडीमा रहेको क्रिकेटप्रतिको रुचि र क्षमता उजागर भएको बताउँदै यस्ता प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर दिलाउने प्रतिबद्धता व्यक्त गरे।
चितवनले दोस्रो संस्करणका लागि विदेशी खेलाडीहरू रवि बोपारा र सोहेल तनभिरलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ भने इंग्ल्यान्डका डाविड मलान र सेफ अली जैब तथा युगान्डाका अल्पेश रमजानीलाई पनि अनुबन्ध गरेको छ ।
मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।
अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।
एनपीएलको दोस्रो संस्करण यही मंसिर १ गतेदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया 4