+
+
Shares

एलिनाले घोषणा गरिन् ‘क्यानडा टूर’, ४ सहरमा दिनेछिन् प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका एलिना चौहानले २३ डिसेम्बरबाट क्यानडाको क्याम्ब्रिजबाट सांगीतिक टूर सुरु गर्ने घोषणा गरेकी छन्।
  • उनको क्यानडा टूर २६ डिसेम्बर एडमन्टन, २७ डिसेम्बर क्यालगरी र ३१ डिसेम्बर टोरन्टोमा प्रस्तुति रहनेछ।
  • एलिनाको क्यानडा टूर आँगन इभेन्ट्सले आयोजना गरेको हो र उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।

काठमाडौं । गायिका एलिना चौहान अब अमेरिकापछि क्यानडामा गुञ्जिने भएकी छन् । बुधबार उनले औपचारिकरुपमा क्यानडामा सांगीतिक टूरको घोषणा गरेकी छन् ।

अंग्रेजी नयाँवर्ष २०२६ को छेकोमा हुन लागेको यो उत्तर अमेरिकी टूरलाई लिएर एलिना उत्साहित सुनिएकी छन् ।

उनको टूर २३ डिसेम्बरमा नायगरा फल्ससँग जोडिएको रमणीय क्यानडेली सहर ओन्टारियाको क्याम्ब्रिजबाट सुरु हुनेछ ।

२६ डिसेम्बरमा एडमन्टन, २७ डिसेम्बरमा क्यालगरी, ३१ डिसेम्बरमा टोरन्टोमा उनले प्रस्तुति दिने तय छ । यसको जानकारी एलिनाले सामाजिक सञ्जालमार्फत गराएकी छन् ।

एलिनाको क्यानडा टूरको आयोजना आँगन इभेन्ट्सले गरेको हो । एलिनाले हालै एक महिना लामो सांगीतिक टूरमा भाग लिएकी थिइन्, जुन विवादले घेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?