+
+
Shares

कुमारी बैंकले यो वर्ष पनि लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंकले आर्थिक वर्ष २०७९/८० पछि लगातार दोस्रो वर्ष सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको छ।
  • बैंकको सञ्चालक समितिले बुधबार साँझ बसेको बैठकमा लाभांश नदिने निर्णय गरेको र वार्षिक साधारणसभा मिति पछि तय हुने बताएको छ।
  • बैंकको हाल सञ्चित नोक्सानी रकम ३ अर्ब ९१ करोड रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १६.२९ र नेटवर्थ १४५ रुपैयाँ छ।

२७ कात्तिक, काठमाडौं । कुमारी बैंकले यो वर्ष पनि सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ ।

बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । वार्षिक साधारणसभा र बुक क्लोजको मिति भने पछि तय हुने बैंकले जनाएको छ । गत वर्ष पनि कुमारी बैंकले सेयरधनीलाई कुनै लाभांश दिएको थिएन ।

आर्थिक वर्ष २०७९/८० मा १२.५० प्रतिशत नगद लाभांश पाएयता सेयरधनीको हात रित्तो रहँदै आएको छ । बैंकको हाल सञ्चित नोक्सानी रकम ३ अर्ब ९१ करोड रुपैयाँ छ ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १६.२९ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता १८१.९० रुपैयाँ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?