News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'एक्लो'ले अभिनेता दिनेश डीसीको जन्मदिनमा उनको रहस्यमय पात्र 'द्रोण'को लुक सार्वजनिक गरेको छ।
- दिनेश डीसी चलचित्र विकास बोर्डका अध्यक्ष हुन् र आज अमेरिकामा चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्न उडेका छन्।
- 'एक्लो' विज्ञान कथामा आधारित फिल्म हो जसलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् र यो २०२६ को अंग्रेजी नयाँ वर्षमा प्रदर्शन हुनेछ।
काठमाडौं । फिल्म ‘एक्लो’ ले अभिनेता दिनेश डीसीको जन्मदिन अवसरमा फिल्मको ‘क्यारेक्टर लुक’ सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा डीसीलाई रहस्यमय र शक्तिशाली पात्र ‘द्रोण’को रूपमा चित्रण गरिएको छ, जसले चलचित्रप्रति उत्सुकता जगाउँछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका डीसी सोमबार बर्थडे सेलिब्रेसन गर्दैछन् । साथै, आज बिहान नै अमेरिकामा रहेका चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्न त्यसतर्फ उडेका छन् ।
‘एक्लो’ फिल्ममा डीसीको पनि महत्वपूर्ण रोल छ । अंग्रेजी नयाँ वर्ष २०२६ मा प्रदर्शनमा आउने ‘एक्लो’ विज्ञान कथामा आधारित छ ।
डीसी पछिल्लो समय बोर्डमार्फत फिल्म क्षेत्रको सुधार, व्यवस्थापन र नीतिगत परिवर्तनको कार्यमा सक्रिय छन् । पोस्टरमा डीसीको गम्भीर अभिव्यक्ति र उपस्थितिले ‘द्रोण’ पात्र कस्तो हुनेछ भन्ने जिज्ञासा बढाएको छ ।
साई प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘एक्लो’ लाई प्रदीप शाहीले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4