१ मंसिर, काठमाडौं । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो ।
जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
काठमान्डौ्का लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले उक/एक विकेट लिए ।
एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेलहरु सुरु भएका हुन् । अबको केही समयपछि काठमाडौं गोर्खाजले फ्लडलाइटमुनि ब्याटिङ गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4