News Summary
Generated by OK AI. Editorially reviewed.- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक २ मंसिर दिउँसो २ बजे बस्दैछ।
- बैठकमा नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्नेबारे औपचारिक निर्णय लिने तयारी छ।
- कार्यकारिणी समितिमा चार जना आमन्त्रित सदस्यसहित १५ जना सदस्य छन् र दुई धारणा प्रस्तुत भएका छन्।
२ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्नेबारे निर्णय लिन जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
सोमबारदेखि बसेको बैठक बुधबार निर्णयमा पुग्ने जसपाका नेता प्रदीप यादवले जानकारी दिए । कार्यकारिणी समितिमा चार जना आमन्त्रित सदस्य सहित १५ जना छन् ।
नेता यादवका अनुसार नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्ने विषयमा दुई थरी धारणा आएका छन् ।
आजको बैठकले पार्टीले औपचारिक निर्णय लिने जानकारी गराइएको छ । बैठक दिउँसो २ बजेदेखि बस्दैछ ।
प्रतिक्रिया 4