+
+
Shares

भुवन केसीले थाले ‘बाटुलो जुन’ को बाँकी छायांकन, न्यान्सी खड्का पनि जोडिइन्

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १२:५४
न्यान्सी खड्का (बायाँ), अनमोल केसी र प्रिन्सी खतिवडा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक तथा अभिनेता भुवन केसीले आगामी फिल्म ‘बाटुलो जुन’ को दोस्रो चरणको छायांकन शुक्रबारदेखि सुरु गरेका छन्।
  • पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का ‘बाटुलो जुन’ फिल्ममा कास्ट भएकी छन् र पाटनस्थित बगलामुखी मन्दिरमा उनको परिचय गराइएको छ।
  • फिल्मको बाँकी छायांकन काठमाडौं, बागलुङ, काभ्रेपलाञ्चोक, मकनवानपुर र पोखरामा गरिनेछ र बजेट २५ लाख रुपैयाँ रहेको छ।

काठमाडौं । निर्देशक तथा अभिनेता भुवन केसीले आगामी फिल्म ‘बाटुलो जुन’ को दोस्रो चरणको छायांकन शुक्रबारदेखि थालेका छन् । त्यसअघि आयोजित एक कार्यक्रममा थप कास्टबारे जानकारी दिइयो ।

यो फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अनुबन्धित भएकी छन् । ‘१२ गाउँ’ डेब्यू सुन्दरीको यो दोस्रो कथानक प्रोजेक्ट हो ।

पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार बिहान आयोजित पूजामा न्यान्सीलाई पनि कास्टको रुपमा परिचय गराइयो । यो फिल्ममा यसअघि अनमोल केसी र प्रिन्सी खतिवडा, प्रकाश घिमिरे, रेयर राई लगायत अनुबन्धित छन् ।

असारमा धादिङको नौबिसे क्षेत्रमा पहिलो चरणको छायांकन गरिएको थियो । त्यतिबेला निर्माताले अनमोल र प्रिन्सीको रोमान्टिक टिजर पोस्टर पनि बाहिर ल्याएका थिए ।

बाँकी छायांकन काठमाडौ, बागलुङको ढोरपाटन, काभ्रेपलाञ्चोक, मकनवानपुरको चित्लाङ र पोखरा लगायतका स्थानमा गरिने जनाइएको छ । पटकथा लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।

सनराइज प्रालिको ब्यानरमा जिया केसीको लगानीमा फिल्म बन्न लागेको हो । चलचित्र विकास बोर्डमा भने फिल्मको बजेट २५ लाख रुपैयाँ उल्लेख छ । यदि यसो हो भने, यो फिल्म अनमोलको करिअरकै सबैभन्दा कम लगानीको फिल्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?