+
+
Shares

प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते ८:४५

७ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा आज दिउँसो साढे १२ बजे एकता घोषणा सभा आयोजना हुँदैछ ।

सो सभाको अध्यक्षता सन्तोष परियारले गर्ने, दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने र सुदन किराँतीले स्वागत मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ ।

बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।

सो सभाबाट पार्टीको नीति, नेतृत्व, कार्यक्रम लगायतबारे जानकारी दिइने नेताहरुले बताएका छन् ।

एकतापछिको पार्टीको कार्यकारी भूमिकामा अध्यक्ष परिषद बनाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?